Type: News
We have imported TRDP MARIO Products as National Distributors and looking for distributors in Major Cities. Contact : +977-9801006451+977-9851106451 #DineshGroup #mario #biscuits #FarWest #Nepal #Dhangadhi
धनगढीमा पहिलोपटक इलेक्ट्रिक गाडीको चार्जर स्टेशन स्थापना
धनगढीः धनगढीमा इलेक्ट्रिक गाडीको चार्जर स्टेशन स्थापना गरिएको छ। सुदूरपश्चिम प्रदेशको होन्डाइ कम्पनीको आधिकारिक बिक्रेता दिनेश फोरह्विल्सले पहिलो पटक स्टेशन स्थापना गरेको हो।
आज (सोमबार) डिभोटी होटेलमा उक्त चार्जर स्टेशन स्थापना गरिएको दिनेश फोरह्विल्सका म्यानेजर दिपेन्द्र ओझाले बताए। उनले पछिल्लो समय इलेक्ट्रिक गाडीको माग र प्रयोग बढीरहेको बताउँदै स्टेशनबाट सेवाग्राहीले सहज सेवा लिन पाउने बताए। सुदूरपश्चिमै पहिलोपटक उक्त स्टेशन स्थापना गरिएको हो। यस्तै होन्डाइ कम्पनीका गाडीहरुका लागि निशुल्क चार्जिङ र अरु कम्पनीका गाडीहरुका लागि भने शुल्क लाग्ने बताइएको छ।
100%Annual Target Achievement 2021 Dinesh 4 Wheels
म्याराथुन धावक गोपीचन्द्र पार्कीलाई आर्थिक सहयोग
ओलम्पिकमा सहभागी हुन नपाएका गोपी चन्द्र पार्कीलाई आर्थिक सहयोग गर्दै दिनेश फान्डेशनका अध्यक्ष र प्रमुख अथिति धनगढी उपमहानगरपालिकामा मेयर नृप बहादुर ओड ।
धनगढी : यसपालीको ओलम्पिकमा सहभागी नगराइएका सुदूरपश्चिमका म्याराथुन धावक गोपीचन्द्र पार्कीलाई दिनेश फाउन्डेशनले आर्थिक सहयोग र सम्मान गरेको छ । फाउन्डेशनले पार्कीलाई पेरिसमा हुने ३३ औं ओलम्पिकको तयारीका लागि तीन लाख ६० हजार रकम आर्थिक सहयोग गरेको हो । फाउन्डेशनले आफ्नो वार्षिकोत्सवका अवसरमा पार्कीलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मानित गरेको छ । पार्कीले नेपाल ओलम्पिक कमिटिले आफूलाई चीनमा भएको ३२ औं ओलम्पिक खेलकुदमा सहभागी हुनबाट बञ्चित पारेको गुनासो गर्दै आएका थिए ।
सुदूरपश्चिमको धनगढी उपमहानरपालिका ९ घर भएका पार्कीले १३ औं दक्षिण एशीयाली खेलकुदमा ८ हजार मिटर र ५ हजार मिटर दौडमा दोहोरो स्वर्ण जितेका थिए । समयमै ओलम्पिकमा जानका लागि आवेदन हालेका उनलाई म्याराथुनमा स्ट्यान्डर्ड समय नपुगेको बहाना बनाएर सहभागी हुनबाट बञ्चित गरिएको थियो ।‘मेरो इन्ट्री समयमा नगरी दिएका कारण म ओलम्पिकमा सहभागी हुन पाएन, म्याराथुनमा केही स्टेन्डर्ड हुँदैन, त्यो बहाना मात्रै हो, ‘उनले भने । उनले म्याराथुन र स्वीमिङमा भाग नदिने देशलाई ओलम्पिक कमिटिले जरिवाना गर्ने गरेपनि आफूलाई सहभागी हुनबाट बञ्चित गरेको बताए ।
उनले आफ्नो ठाउँमा सय मिटर दौडका लागि सरस्वती चौधरीलाई पठाएको गुनासो गरे । ‘साख खेलकुदमा दोहोरो स्वर्ण जिते, अरुले ट्रेनिङका लागि दैनिक ५ सय डलरका हिसाबले भत्ता पाउँछन्, तर मैले आफ्नै रकमले ओलम्पिकमा सहभागिताका लागि तालिम लिएँ, तर अन्तमा मलाई ‘डिस्ट्रोय’ गर्न खोजियो’ पार्कीले गुनासो गरे ।
उनले दिनेश फाउन्डेशनले गरेको आर्थिक सहयोगले आफूले तालिम गर्ने र अबको ३३ औं ओलम्पिकमा नेपालका लागि पदक जितेर ल्याउने दाबी गरे । गोपी चन्द्र पार्की अहिले एपीएफमा छन् । उनी नेपालका हरेक म्याराथुनमा पहिलो हुँदै आएका छन् । सामान्य परिवारमा जन्मेका पार्की, ४२ किलोमिटरको म्याराथुनको रेकर्ड ब्रेक गर्ने दाबी गर्छन् ।
सुदूरपश्चिमको पनि दलित परिवारमा जन्मिएका पार्कीलाई ओलम्पिकमा सहभागी नगराएको थाहा पाएपछि आफूले उनलाई ट्रेनिङमा सहज होस भनेर सहयोग गरेको दिनेश फाउन्डेशनका अध्यक्ष श्याम हमालले बताए ।
‘बीबीसीमा गोपीको अन्तवार्ता सुने, उनले तालिमका लागि पनि धेरै रकम खर्च गरेको तर अन्तमा ओलम्पीकमा सहभागी हुन नपाएको गुनासो गरेका थिएँ, त्यही सुनेर सानो सहयोग गरेको हुँ,’ हमालले भने ।
उनले खेलाडीका लागि पदक जित्नु पछिको कुरा भएपनि ओलम्पिकमा प्रदेश वा देशको प्रतिनिधित्व गर्न पाउनु पनि ठूलो कुरा रहेको बताए । ‘कुनै प्रतिभालाई ओलम्पिकमा सहभागी मात्र हुनु पनि देश र उसका लागि महत्वपूर्ण हुन्छ, गोपीलाई सहभागी हुनबाट बञ्चित गराएको सुन्दा दु:ख लागेको छ, ‘हमालले भने ।
एकसय एक पिन्ट रक्तदान
दिनेश फाउन्डेशनले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा रक्तदान गरेको छ । हरेक वर्ष फाउन्डेशनले आफ्नो वार्षिकोत्सवका अवसरमा साताव्यापी रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । ‘दाताहरुले एक सय एक पिन्ट रगत दिएका छन्, रक्तदान जीवन दान हो, ‘फाउन्डेशनका अध्यक्ष श्याम हमालले भने।
दिनेश फाउण्डेसनद्वारा ओलम्पिकको तयारी गर्न गोपिचन्द्रलाई ३ लाख ६० हजार सहयोग
धनगढी : टोकियो ओलम्पिक खेल्नबाट वञ्चित गराइएका म्याराथन धावक गोपीचन्द्र पार्कीलाई आगामी ओलम्पिकको तयारी गर्न दिनेश फाउण्डेसनले सहयोग गर्ने भएको छ।सन २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिकको तयारीका लागि फाउण्डेसनले पार्कीलाई तीन लाख ६० हजार आर्थिक सहयोग गर्ने भएको हो। ३६ महिनासम्म फाण्डेशनले प्रत्येक महिना १० हजारका दरले पार्कीलाई रकम उपलब्ध गराउने अध्यक्ष श्याम हमालले बताए। उनले भने, ‘ टोकियो ओलम्पिकमा अन्तिम समयमा आएर सहभागी हुन नपाउनु भएको रहेछ। दुःख लाग्यो। उहाँले २०२४ को ओलम्पिकमा मेरिटका अधारमा सहभागी हुन्छु भन्दै हुनुहुन्थ्यो। उहाँ सुदूरपश्चिमको हुनुहुँदो रहेछ। त्यसैले सहयोग गर्ने सोच बनाएको हुँ।’नेपाल एथलेटिक्स संघ, नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदले अन्तिम समयमा आएर संयुक्त वक्तव्यमार्फत टोकियो ओलम्पिकका लागि छनोट गरिएका गोपीचन्द्र प्राविधिक कारणले खेल्न नपाउने जानकारी दिएको थियो। पार्कीले टोकियो आलम्पिकका लागि सहभागी हुन ऋण निकालेर तयारी गरेका थिए। दिनेश फाउण्डेसनले सहयोग गर्ने घोषणा गरेपछि उनले भने, ‘म ओलम्पिकका लागि छनोट भइसकेको थिए। तर मलाई हतोत्साहित पार्न खोजिएको हो। तर म हुँदैन्। दिनेश फाउण्डेशनको यो सहयोगले धेरै सहज हुनेछ। म एशियाली खेलमा गोल्ड मेडल ल्याउँछु। ओलम्पिकका लागि समेत तयारी गर्छु।’ धावक पार्कीको घर धनगढी हो।कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले दिनेश फाउण्डेशनको सहयोगले निकै सहज हुने विश्वास व्यक्त गरे। धनगढी उप–महानगरपालिकाले समेत सहयोगका लागि छलफल सुरु गरेको उनको दाबी छ। ‘खेलाडी देशको गहना हो। सबैले सहयोग गर्नुपर्छ। सुदूरपश्चिमले नेपालको खेलकुदमा आधा भाग ओगटेको छ,’ उनले भने।
धनगढीवासीमा समर्पित निःशुल्क ‘महाप्रस्थान यान’ सञ्चालनमा









Donation to Rotary Club of Dhangadhi
Dinesh Foundation has contributed NRP. 5 lakhs to Humanity Foundation to facilitate the purchase of Oxygen Concentrators and other medical items to fight the pandemic in our Dhangadhi. The Dinesh staff has raised an additional NRP. 50000 which has also been donated to the foundation. Best wishes and take care all.
Dinesh Trading House & Dinesh Concern Football Match
यस दिनेश ग्रुप अन्तर्गको Dinesh Trading House र Dinesh Concern बिच यहि नव वर्ष २०७८ साल वैशाख ०१ गते Football प्रतियोगिता भएको हो । प्रतियोगितामा दुवै टिम बिच २-२ गोलले ड्र भएको र गोल्डेन गोलमा पनि दुवै टिमको गोल नहुँदा Penalty Shoot Out मा ४/३ को अन्तरमा दिनेश ट्रेडिङ हाउस विजयी भएको हो।
Bajaj Sunya Mela
Congratulation Mahesh Rana for winning Rs 100,000 in #BajajSunyaOffer on 31 March 2021.Hurry up, you could be the next! Get your brand new Bajaj motorbike and win upto Rs 10,00,000.