दिनेश फाउन्डेसनले दियो वडा कार्यालयलाई फ्रीज

दिनेश फाउन्डेसनले वडा कार्यालयलाई फ्रीज सहयोग गरेको छ। फाउन्डेसनले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयलाई फ्रीज सहयोग गरेको हो। दिनेश फाउन्डेसनका अध्यक्ष व्यवसायी श्याम हमालले वडा अध्यक्ष बुद्धिबहादुर खड्कालाई १९० लिटर क्षमताको फ्रीज हस्तान्तरण गरेका हुन्। शुक्रवार वडा कार्यालयमै पुगेर हमालले ३२ हजार मूल्य बराबरको फ्रीज सहयोग गरेका हुन्। वडा कार्यालयलाई आगामी दिनमा थप सहयोग गर्ने व्यवसायी हमालले बताएका छन्। दिनेश फाउन्डेसन पनि धनगढीको वडा नम्बर ४ मै रहेको छ।