धनगढीवासीमा समर्पित निःशुल्क ‘महाप्रस्थान यान’ सञ्चालनमा

सुन्दर सुदूरपश्चिमका अभियन्ता तथा कैलालीका व्यवसायी गोपाल हमालले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका छन्। धनगढीमा पार्थिव शरीर (शव) बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका शोकाकुल आफन्तजनले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै शुक्रबार धनगढीमा एक कार्यक्रमकाबीच महाप्रस्थान यान निःशुल्क रुपमा सञ्चालनका लागि हस्तान्तरण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथी डा. हेमराज पन्त र हमाल परिवारले महाप्रस्थान यान सञ्चालनको जिम्मेवारी धनगढीका सामाजिक अगुवा सिद्धराज पनेरुलाइ यानको चाबी हस्तान्तरण गरेका हुन् । #सिद्धराज_पनेरुलाइ महाप्रस्थान यानको लागि निम्न नम्बरमा फोन गर्न सक्नु हुनेछ ।
९८५८४२२४८०